एक सयपटक हाँस्नु भनेको साइकलमा १५ मिनेट व्यायाम गरे बराबर
nabin oli
एक सयपटक हाँस्नु भनेको साइकलमा १५ मिनेट व्यायाम गरे बराबर हुन्छ ।
अहिले हाइस्कुलका औसत बालबालिकामा चिन्ताको स्तर सन् १९५० को दशकका औसत मानसिक रोगीको जति नै पाइएको छ ।
विश्वमा हरेक वर्ष करिब २ लाख ४० हजार नवजात शिशु जन्मेको २८ दिनभित्र मर्ने गर्छन्। साथै १ महिनादेखि ५ वर्षसम्मका थप १ लाख ७० हजारजति बालबालिकाको मृत्यु जन्मिदैको खराबीका कारण हुन्छ ।
मानिसले टेलिभिजन हेरेर बसिरहँदा भन्दा सुतिरहँदा धेरै क्यालोरी घटाउन सक्छ ।
मनोवैज्ञानिकहरूले ४ सयभन्दा बढी फरक खालका फोबियाहरू पहिचान गरेका छन् ।
हामीले सास फेर्ने अक्सिजनको ७० प्रतिशत मात्रा समुद्रले उत्पादन गर्छ ।
बच्चाको शरीरमा वयष्कभन्दा ६० वटाभन्दा बढी हड्डी हुन्छ ।
पसिना आफैँ गन्धरहित हुन्छ । छालामा रहेको ब्याक्टेरिया यसमा मिसिएपछि शरीरमा गन्ध उत्पन्न हुन्छ ।
एक ग्राम डीएनएमा २१५ पेटाबाइट (२१५ मिलियन गिगाबाइट) डाटा भण्डारण गर्ने क्षमता हुन्छ ।
दैनिक २ देखि ४ कप कफी पिउनाले कफी नपिउनेहरुको तुलनामा आत्महत्याको जोखिम ५० प्रतिशतले कम हुने गरेको पाइएको छ ।