Site icon Orange Khabar – News Portal

तुलसीपुरमा खाना पकाउने ग्याँस पड्किदा दुई जना गम्भीर घाइते

तुलसीपुर, दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना गम्भीर घाइते भएका छन् । बिहीबार पौने १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका- १६ लहलौरा निवासी ५० वर्षिय कुसुम केसीले संचालन गर्दै आएको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा ग्याँसको सिलिण्डर ‘लिक’ हुँदा दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।

घाइते हुनेमा कम्पनी संचालक तुलसीपुर १० निवासी ५० वर्षिय कुसुम केसी र चितवन भरतपुर महानगरपालिका ५ घर भई हाल सोही कृषी उत्पादन (कम्पनीको कर्मचारी) कम्पनीमा कार्यरत २९ वर्षिय आशिष खनाल रहेका छन् ।

घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चातपछि थप उपचारका लागि केसीलाई बाँकेको नेपालगंज र खनाललाई भरतपुर रिफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

Exit mobile version