Site icon Orange Khabar – News Portal

प्रेमीसँग विवाह बन्दन मा बाधीईन् लोकगायिका भूमिका गिरी

काठमाडौं । चर्चित लोकगायिका भूमिका गिरी उनका प्रेमी हिजन विष्टसँग विवाह बन्धनमा बाँधियकी छीन । सोमबार सल्यानका हिजन विष्टसँग उनले लगनगाँठो कशेकी हुन् । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले दाम्पत्य जीवनमा परिणत गरेका हुन् ।

सोमबार सल्यानमा वैवाहिक समारोह आयोजना गरिएको छ । आफन्त र साथीभाइको सीमित उपस्थितिमा उनीहरुले बविवाह गरेका हुन् । भूमिकाले शनिबार बेलुका लाजिम्पाटको सम्पदा गार्डेनमा ब्याचलरेट पार्टी आयोजना गरेकी थिइन् । सामाजिक सञ्जालमार्फत उनले यसबारे जानकारी दिएकी छन् ।

पार्टीको तस्वीर सार्वजनिक गरेपछि गायिका गिरीलाई सामाजिक सञ्जालबाट फ्यानले बधाई तथा शुभकामना दिइरहेका छन्

Exit mobile version