Site icon Orange Khabar – News Portal

सवारी पार्किङका लागि ट्राफिक प्रहरी प्रयासमा छ : प्रसाई

तुलसीपुर,
२२-फागुन/ लुम्बिनी प्रदेशका ट्राफिक प्रहरी प्रमुख कृष्ण प्रसाईले प्रदेशका प्रमुख शहरमा सवारी साधन पार्किङका लागि स्थानीय सरकारसंग समन्वय गरीरहेको बताए । रिपोर्टस् क्लब नेपाल दाङ शाखाले सोमबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रसाईले यस्तो बताए ।

रिपोर्टस् क्लब नेपाल दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रसाईले तीब्र गति र मदिरा सेवन गरेर सवारीका साधन चलाउने कार्यले सडक दुर्घटनामा बृद्धि भएको दाबी गरे । लुम्बिनी प्रदेशमा रुपन्देही, बाँके र दाङमा बढी सवारी दुर्घटना हुने जानकारी समेत दिए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लले अटोका कारण बढी सवारी दुर्घटना हुने गरेको बताए । स्थानीय सरकारले समेत सुचीकरण र ब्यबस्थापनमा ध्यान दिएको भए पनि सडकमा अटोका कारण बढी दुर्घटना हुने गरेको बताए । कार्यक्रमको सहजीकरण क्लबका महासचिब बिमल गौतमले गरेका थिए ।

https://youtu.be/Onktgbzx7Fo
Exit mobile version