Site icon Orange Khabar – News Portal

तुलसीपुरको सफल्ता पछी घोराहीमा पनि रानी केक

दाङ, १ चैत ।

दुई बर्षदेखि तुलसीपुर बजारमा बाट आफ्नो सेवा दिदै आएको रानी केकले आफ्नो शाखा घोराहीमा पनि विस्तार गरेको छ । २०७७ साल फागुन २६ गते तुलसीपरमा सञ्चालनमा आएको रानी केकले बजार बढाउँदै मंगलवारदेखि घोराहीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । घोराहीको मुख्यरोडअन्तर्गत सहिदगेटदेखि पूर्वतिर होटेल डोको नजिकै रानीकेकको शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले रिबनसँगै केक काटेर शाखाको उत्घाटन गरेका थिए । जन्मदिन, विवाह, वैवाहिक वर्षगाँठ, वार्षिकोत्सवसँगै कुनै नयाँ कार्यको सुरुवात गर्दा केक काटेर खुसी साट्ने प्रचलन बढेसँगै केकको व्यवसाय समेत बढ्दै गएको व्यवसायी बताउँछन् ।

व्यवसायको वृद्धिसँगै ग्राहकको मागअनुसार व्यवसायलाई बढाउने क्रममा घोराहीमा शाखा कार्यालय सञ्चालन गरेको रानी केकका सञ्चालक दीपक काफ्लेले जानकारी दिएका छन् । सञ्चालक काफ्लेकाअनुसार करिब साढे१७ लाखको लगानीमा घोराहीमा शाखा कार्यालय सञ्चालनमा ल्याएका हुन् ।

सञ्चालक काफ्लेकाअनुसार घोराहीमा पाँच सयदेखि ४ हजार रूपैयाँसम्मका विभिन्न साइजमा केक उत्पादन हुनेछन् । बजारको माग र ग्राहकको चाहनाअनुसार घोराही बजारमा होम डेलिभरीसँगै १५ वर्षमनिका अनाथ बालबालिका, रातो कार्डवाला अपाङ्गता भएका व्यक्तिहरू, ८० वर्षमाथिका ज्येष्ठ नागरिकसँगै नयाँ व्यवसाय सुरुवात गर्ने उद्यमीहरूलाई प्रोत्साहनका लागि निःशुल्क रूपमा केक दिने गरेको सञ्चालक काफ्लेले बताएका छन् ।

साथै उनले ग्राहकले एउटा केक किनेर लैजाँदा पसलबाट लोयल्टी कुपन दिने र ग्राहकले दशवटा कुपन जम्मा गरेमा सात सयको एउटा केक निःशुल्क दिने समेत बताएका छन् । वैदेशिक रोजगारीका क्रममा विदेशमा समेत बसेको भन्दै उनले नेपालका एक सय सहरमा एक हजार जनालाई रोजगारी दिने सोचका साथ अघि बढेको उनी बताउँछन् ।अहिले तुलसीपुरमा ८ जना र घोराहीमा ६ जनालाई रानीकेकले रोजगारी प्रदान गरेको छ । तुलसीपुरबाट दैनिक ४० देखि ४५ पिससम्म केक विक्री हुने गरेको काफ्लेले बताए ।

Exit mobile version