Site icon Orange Khabar – News Portal

आईसीसी क्रिकेट विश्वकप लिग टु: यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश

लकाठमाडौ
२ चैत/ घरेलु टिम नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु अर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा सिधै प्रवेश गरेको छ ।

बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा यूएईविरुद्ध नेपालले कीर्तिमानी जित निकालेसँगै नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाएको हो ।

३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा २६९ रन बनाउँदा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपाल डीएल नियमअनुसार विजयी भएको हो ।

Exit mobile version