Site icon Orange Khabar – News Portal

रवि लामिछानेका गाडी चालक तीन तलामाथिबाट खस्दा गम्भीर घाइते

भरतपुर ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका चालक दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर 
घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुरस्थित
लामिछानेको घरको छतमा सुतिरहेका चालक सोमबार बिहान करिब ४ बजेतिर घरको तेस्रो
तलाको छतबाट खस्दा गम्भीर धाईते भयका हुन्। 
चालक ३९ वर्षीय थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । उनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । चितवन–२ को उपनिर्वाचनमा अध्यक्ष लामिछाने उम्मेदवार छन् ।
उनी यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
Exit mobile version