Site icon Orange Khabar – News Portal

प्रकाश सपूतको सकम्बरी प्रतीको बीचार

राम बहादुर जीसी दाङ । जबसम्म तपाईं हामी घर देखि परसम्म आदरणीय आमा,दिदीबहिनी,जीवन संगिनी र छोरीहरुलाइ हृदय देखि इज्जत,सम्मान,आदर गर्दैनौ,सह अस्तित्वलाई समभावका रुपमा स्वीकार गर्दैनौ,समानुभूती प्रकट गर्दैनौ,आचरणमा,व्यबहारमा पुरुष एकाधिकार,पुरुष दबदबा र पुरुष अहमबाट ग्रसित भइनैरहन्छौ तबसम्म हामीले रच्ने र पढ्ने कथा,कविता,गीत संगीतको चरीत्र चित्रणमा महिलालाई अबला,बेसहारा,बिचरा,निरिह,कठपुतली र भोग्या बस्तुको रुपमा अर्थ्याइरहन्छौ।

छिन छिनमा,पटकपटक उनको स्वाभिमानमा ठेस पुग्ने हिंसाजन्य हर्कत गरिरहन्छौ।
निश्चयनै प्रकाश सपूत एक मेधाबी र प्रतिभा सम्पन्न चर्चित कलाकार हुन् तर उनी समाजको भौतिक प्रतिबिम्ब उतार्ने नाममा किन पटकपटक बिबादित हुन्छन्?किन महिलाको चरित्र,अस्तित्व र स्वाभिमान प्रति नासमझ र नामालुमका रुपमा संबेदनहिन बनी अनावश्यक शंका,गैर जिम्मेवार र बेसोमती रबैया अपनाउन पुग्छन् ?उनी जस्तो सचेत र सिर्जनात्मक स्वभावको मान्छेको मन भित्र किन आमाहरूले,दिदिबहिनीहरुले,जीवन संगीनी र छोरीहरुले घर देखि पर सम्म विभिन्न जिम्मेवारीमा रहि पुर्याएको गहन योगदानका कथा पस्कन झिंझट र अल्छि मान्छ?महत्त्वपूर्ण सवाल यो हो।यसर्थ कि; उनी बिचार प्रधान भन्दा पनि बढी भावना प्रधान,बहकाउ र बजारको क्षेत्रलाई बढ्ता वास्ता र ख्याल बिचार राख्छन् अनि सन्देश दिने नाममा चिप्लिन्छन र बिबादित हुन्छन्।
सकम्बरी नामक भिडियो प्रस्तुतिमा पनि उनले महिलालाई एक बस्तु,बजारको माल र भोग्याको रुपमा अर्थ्याएका छन् जुन निन्दा योग्य छ।हाम्रो शुभेच्छा छ,आगामी दिनमा उनि सच्चिने छन्,सच्याउने छन् ,आफ्नो सिर्जना र रचनात्मक स्वभावको माध्यमबाट उनले समाजको हितको खातिर सकारात्मक संदेश प्रवाह गर्नेमा कला,गला पस्किने छन् ,समय खर्चिने छन्।हार्दिक शुभकामना।धन्यवाद।

Exit mobile version