दाङ,
२४-वैशाख- नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ को आज एघारौं दिन हास्य कलाकार कमल गाउँले र लोक गायक तथा मोडेल सन्दिप न्यौपानेले आफ्नो प्रस्तुति दीयाका थीय । नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज आइतबार हाँस्य कलाकार गाउँले र लोक गायक न्यौपानेले प्रस्तुति दिएका हुन् ।
हाँस्य कलाकार कमल गाउँलेले समसामयिक विषयवस्तुमा प्रहसन गरेका थिए । त्यसो त गाउँलेले राजनीतिक तथा सामाजिक विषयमाथि पनि व्यङ्ग्य प्रहार गरेका थिए । कलाकार गाउँलेले समसामयिक विषयवस्तुमा प्रहसन दिंदा दर्शक हाँसेनन् मात्र भावुक पनि भए । गायक न्यौपानेले लालु मै, पुलिसवाला, सान्नानी जाम पोखरा, दिलमाया, धर्ती आकाश, ओकल दोखल पिपल पात लगायतका गीतहरू प्रस्तुत गरेका थिए ।
साथै आज महोत्सवमा गायक एघारौं दिन गायक टोपेन्द्र बिष्ट, घनश्याम केसी, राशी रिजाल, मोडेल सगुन थापा तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ र शालु सुनारको प्रस्तुति रहेको सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिए ।

