डिप्रेशन एक साधारण मानसिक रोग (Mental Disease) भएता पनि कतिपय व्यक्तिमा यो ज्यान लिने रोग पनि बनेर आउने गरेको छ. पछिल्लो समय नेपालमा धेरै मानिसहरु डिप्रेशनको सिकारमा पुगेको देखिन्छ.
अनेकौं लागु पदार्थको सेवन देखि गरिवी को कारण धेरै मानिसहरु मानसिक रोगको सिकार भइ डिप्रेशनको अन्तिम घडीमा पुगी रहेका छन्. यसै बीच कतिले आत्मा-हत्या पनि गरेका छन् भने कति परिवारको रेखदेख कारण उपचारमा सफल भएका पनि छन्.
मानसिक रोग खासै ठुलो र जटिल रोग होइन, उपचार गरे र आफुलाई चिन्ने प्रयास गरे यो रोग आफैं ठिक हुन्छ. समयमा ध्यान नदिंदा, चिन्ता बढी लिंदा मानिस आफ्नै जीवनमा आफैं हरेस खाई आत्महत्या गर्छन्.
मानसिक रोग झट्टै हेर्दा चिन्न नसकिने रोग भएको कारण पनि कसलाई डिप्रेशन भएको छ भनि छुट्याउन निकै गाह्रो हुन्छ. कसको मस्तिस्कमा के कुरा खेल्दैछ? भन्ने अरुलाई थाहा हुदैन. यो कारण डिप्रेशनको सिकार हुँदै गरेको थाहा पाउँन सकिदैन. डिप्रेशन जो-कोहीलाई हुने भएता कतिलाई आफैं ठिक हुन्छ त कसैले औषधि सेवन गर्नु पर्ने हुन्छ.
डिप्रेशनको लक्षण
यदि कुनै व्यक्ति सधैं दुखित देखिन्छ, निराश भइ रहन्छ, एकोहोरो टोलाउँछ,बोलाउँदा पनि नसुने जस्तो हुन्छ र आफ्नैं संसारमा हराएको झैं देखिन्छ वा कुनै कुरा सोचेर निराश भइ बसेको देखिन्छ, निन्द्रा लाग्दैन वा खासै सुत्दैन भने उक्त व्यक्ति डिप्रेशन (Depression)को सिकार भएको हुन सक्छ.
हुन त सबैको आनीबानी फरक-फरक नै हुन्छ तर एक हाँसखेल गर्दै गरेको हँसिलो अनुहारको व्यक्ति एक्कासी यसरी टोलाउने, वा चिन्तित व्यवहार त्यो पनि एक दिन होइन करिव हप्ता दिन भन्दा बढी भइ सकेमा, चिन्ता बढी लिने गरेमा उक्त व्यक्ति डिप्रेशनको सिकार भएको हुन सक्छ.
डिप्रेशन एक मानसिक रोग हो. यो कुनै धामी झाँक्री लगाउने रोग होइन तर यदि डिप्रेशनमा परेको व्यक्ति धामी झाँक्रीको बारेमा बढी विश्वास गर्ने किसिमको भए धामी झाँक्री पनि लगाउनु पर्ने हुन सक्छ. कारण, उक्त व्यक्तिको मनशान्ती बनाउन र उसको धामी झाँक्री प्रतिको विश्वासबाट उसको मनको चिन्ता हटाउन, उसको मन राखि दिनको लागि मात्रै भए पनि धामी झाँक्री लगाउनु पर्ने हुन्छ. यति गरेसी उसको मन हलुङ्गो हुन्छ. उसले सोचेको कुरा पुरा हुन्छ र उसको मस्तिस्कमा कुरा खेल्न बन्द हुनेछ र डिप्रेशनबाट ठिक हुन्छ.
पहिले-पहिलेका मानिसहरु धामी झाँक्रीमा बढी विश्वास गर्दथे र धामी झाँक्री लगाउने गर्थे. यसै बीच धामीले पनि जंगली लागेको भनेर फुक-फाक गरि दिथ्यो र अब ठिक हुन्छ भनिदिन्थ्यो. यसले उक्त डिप्रेशनको बिरामीको मनमा शान्ती मिल्दथ्यो र विरामीलाई मन सन्तोक भएपछि उसको डिप्रेशन ठिक पनि हुन्थ्यो.
डिप्रेशन औषधि नै खाएर मात्र ठिक हुन्छ भन्ने होइन, डिप्रेशन एक मानसिक समस्या हो. त्यसैले आत्मशान्ती बनाउने किसिमका व्यवहार गराईदिने गरेमा डिप्रेशन आफैं ठिक भएर जानेछ.
निन्द्रा पुग्ने गरे,मानसिक चिन्ता कम भए, सोचेको सपना पुरा भए, ऋणक चिन्ताले भए ऋण चुक्ता भएसी ठिक हुन्छ वा सधैं बसेर बोर भएर डिप्रेशन भएको भए नयाँ रमझम ठाउँ घुम्न गए वा भनौं मनोरन्जन तिर बढी फोकस गराउने गरे डिप्रेशन आफैं ठिक भएर जान्छ.
डिप्रेशन हुने कारणहरु
हामी डिप्रेशनलाई (Depression) एउटा मात्र नजरमा मानसिक रोग वा बौलाएको भनेर हेर्ने गर्छौं तर डिप्रेशन हुने कारणहरु अनेक हुन्छन. डिप्रेशनको पनि अवस्था हुन्छ. सामान्य डिप्रेशनमा हरकोहि व्यक्ति पर्छ र एक घण्टा वा दिनमा आफैं पनि ठिक हुन्छ. कोहि भने सोच्दा-सोच्दै बढी सोचेर ठिक हुन नसकेर मानसिक रोगमा प्रवेश गरी डिप्रेशन हुने गर्छ.
डिप्रेशन हुने कारणहरु एक मात्र हुँदैन. डिप्रेशन चिन्ता बढी लिएर बढी सोचेर हुने समस्या हो. सोचाइको कमजोरीको कारण डिप्रेशन हुने गर्छ. जसमा कोहि व्यक्ति लागु पदार्थको बढी सेवन गर्छ भने लागु पदार्थले सोच्ने क्षमता नस्ट गरि डिप्रेशन हुन्छ भने कोहि कुनै ऋण लागेर कसरी तिर्ने? भन्ने चिन्ताले डिप्रेशनमा परेको हुन सक्छ. मुख्य गरी यहि गरिवी र लागु पदार्थको कारण मानिसलाई डिप्रेशनहुने गर्छ.
केहि व्यक्तिहरु प्रेम गुमाएर पनि डिप्रेशनमा पुगेका हुन्छन्. केहि सोचेको पुरा नहुँदा डिप्रेशनमा परेको हुन्छन. केहि मानिसहरु धन कमाउन नसकेको कारण डिप्रेशनमा परेका हुन्छन्. केहि सुन्दरता राम्रो नभएको कारण डिप्रेशनमा परेको हुन्छन्.
कोहि मानिसहरु असल जीवन साथी नपाएको चिन्ताले डिप्रेशनमा परेको हुन्छन्. कोहि लभ परेन भनेर चिन्ताले डिप्रेशनमा परेको हुन्छन्. कोहि प्रेममा धोका पाएर डिप्रेशनमा परेको हुन्छन्. कोहि समाजमा अनुहार देखाएर हिड्न नसके पछि डिप्रेशन मा परेको हुन्छन.
डिप्रेशनमा हुने मानिसहरुको कारण आ-आफ्नै व्यथा अनुसार हुन्छ. जुन एक दोस्रो संग मिल्दैन. बस् यति मिल्छ सोचाईमा कमजोरी.
डिप्रेशनको उपचार
डिप्रेशन (Depression)को उपचारको लागि सबै भन्दा महत्वपूर्ण कुरा हो मानसिक चिन्तामा कमि ल्याउनु. मानसिक चिन्ता कम भएपछि डिप्रेशन आफैं ठिक हुन्छ. मानसिक चिन्ता कम गराउने तरिकाहरु अनेक हुन्छन्. जस्तै कि औषधि सेवन गरी मस्तिस्कमा दुखि बनाउने हर्मोन उत्पादनमा कमि ल्याएर, खुशी दिलाउने किसिमको हर्मोनको बृद्दी गराएर डिप्रेशनको उपचार गर्न सकिन्छ भने निन्द्रा बढी लगाएर डिप्रेशनको उपचार गरिन्छ.
जब निन्द्रा बढी लाग्न थाल्छ तब व्यक्तिको दिमागमा नकारात्मक कुराहरु हराउन थाल्छ. नकारात्मक सोचाइहरु बिर्सन थाल्छ र डिप्रेशन ठिक हुन्छ. कुनै पनि समस्या परेको छ र उक्त परेको समस्याको समाधान भएपछि व्यक्ति डिप्रेशनबाट मुक्त हुन्छ.
औषधि बिना डिप्रेशनको उपचार गर्ने हो भने लागु पदार्थको सेवन गर्न छोड्नु पर्छ. लागु पदार्थले कम्जोर सोचाइ बनाउँछ र डिप्रेशन बढाउने गर्छ. घरको माहोल राम्रो बनाउनु पर्छ. डिप्रेशनको बिरामीको कुरा निसंकोच सुन्नु पर्छ. डिप्रेशनमा परेको बिरामीलाई सम्झाउने भन्दा उसले भनेको कुरा आफुले सुन्ने गर्नु पर्छ र उसको कुरालाई आत्मासाथ गराउनु पर्छ. ता कि उसलाई लागोस तपाईं उसको ब्यथा सुनी दिनेकोहि छ. जसले उसको मनको बोझ कम हुन्छ र डिप्रेशनठिक हुन्छ. घरकोमाहोल शान्ती छैन भएन जति नै औषधि खाए पनि डिप्रेशन कहिल्यै ठिक हुने छैन. त्यसैले डिप्रेशनको लागि घरको माहोल सधैं शान्त र प्यार ले भरिएको हुनु पर्छ.
डिप्रेशन बाट बच्ने तरिका ?
डिप्रेशन (Depression) हुनबाट बच्ने सबै भन्दा सजिलो उपाय आफुलाई र समय लाई बुझ्ने गर्नु पर्छ रमानसिक चिन्ता लिन हुँदैन. कुनै समस्या पर्दा आत्तिनु हुँदैन. समस्या ले झन् ठुलो समस्या उत्पन्न गर्छ भन्ने सोच्नु पर्छ र समस्या मा समाधान पनि हुन्छ भन्ने बुझ्नु पर्छ. जसरी बिना चावीको ताल्चा हुँदैन, त्यसरी नै समाधन बिनाको समस्या हुँदैन भनेर बुझ्नु पर्छ.
मानसिक सोचाइ कम्जोरी बनाउने किसिमका के हि खान हुँदैन जस्तै लागु पदार्थमानसिक सोचाइ कम्जोर बनाउने पदार्थहरु हुन त्यसैले यस्ता किसिमका लागु पदार्थ सेवन गर्न बाट बन्चित रहनु पर्छ.
हरेक दिन सुत्दा निन्द्रा पुरा हुने गरि सुत्नु पर्छ निन्द्राको कमि भएमा ३/४ भित्रैमा मानसिक रोग ले भेटाउन सक्छ. निन्द्रा प्रयाप्त हुने गरी सुत्दा धेरै वटा रोगहरु बाट पनि बच्न सकिन्छ.
मष्तिस्कको क्षमता बढाउने किसिमका खानेकुरा खाने गर्नु पर्छ. शरीरमा पोषण तत्व प्रयाप्त भए पछि मस्तिस्कमा विभिन्न हर्मोनहरु उत्पन्न हुन्छ जसले मानसिक रोग लाग्न दिंदैन.
पर्याप्त मात्रामा पानी पिउने गर्नु पर्छ. पानीले हाम्रो मष्तिस्कमा न्युरोनहरुको गतिविधिमा विकास गर्छ जसले सोचाइलाई फाइदा पुर्याउदछ र डिप्रेशनहुन बाट बचाउने काम गर्छ.
अरुको कुरा नगर्ने, अरुलाई गलत नभन्ने, अरुका गलत कुरा नसुन्ने, आफु सहि भए अरुले के भन्ला भनेर नडाउने, सके सम्म अरुलाई सहयोग गर्ने जस्ता कार्य गर्नु पर्छ. अरुलाई सहयोग गर्दा कसरी डिप्रेशन ठिक हुन्छ? भन्ने लाग्न सक्छ. अरुलाई सहयोग गर्दा मनमा एक किसिमको खुशी र उर्जा प्राप्त हुन्छ जसले डिप्रेशन हुनबाट मुक्ति मिल्दछ.
डिप्रेशन (Depression) हुने कारण अनेक हुन्छन त्यसैले डिप्रेशन हुन बाट बच्न सबै भन्दा पहिला आफ्नो सोचाइलाई नै बलियो बनाउनु पर्छ र कमोजोरी सोचाइ बनाउन बाट बच्नु पर्छ.