Site icon Orange Khabar – News Portal

भो फुपै लाउदिन राम्री हुने गाजलुले हो तीज गीत बजारमा

तुलसीपुर, २२साउन ।

हिन्दु नारीहरुको महान चाड हरीतालीका तीज नजीकै गर्दा बजारमा तीजका गीत हरु आईरहेका छन । आज मात्र सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन ’ बोलको तिज गित पनी नेपाली सांगीतीक बजारमा सार्वजनिक भएको छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आज  तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी कुमालको तिज गित ‘भो फुपै लाउदिन राम्री हुने गजलुले हो’ बोलको गित सार्वजनिक गरिएको छ ।

गीतमा गाईका टिका पुन र सीनम अधिकारी को स्वर रहेकोछ । केही वर्ष पहिले रेकड भयको पुरानो  यो गीत लाई पुनःरेकड गरी बजारमा ल्याईयको हो। गीत लाई कौसीला परीयार र दीपक कुमालले लेखेका हुन,थेगो भने डा. गोबीन्द आचार्य र बशन्त राठोर को रहेको छ । गीत दाङ् मा छायांकन गरीयको छ । गीत को भीडीयो मा आरुसी मगर सहीत अन्य कलाकार को अभीनय रहेको छ । भीडीयो लाई झग्गु भण्डारी ले नीर्देसन गरेका हुन् भने छायांकन दोर्ण बस्नेतले गरेका छन , कोरीयोग्राफी बशन्त राठोर र निर्मल बीक को रहेको छ ।  गीत  दिपक कुमालको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको छ  ।

चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा भएकोमा कार्यक्रममा बोल्दै पछिल्लो समय भड्किलो बन्दै गएको समाज र आधुनिकिकरण बन्दै गएका संस्कार संस्कृतीलाई यस गितले सकारात्मक सन्देश दिने बताए ।

‘तिज पर्वको जुन मर्म थियो, त्यसलाई पछिल्लो समय बढी नै आधुनिकिकरण गरिएको गुनासो पनि निकै पाइन्छ, त्यसैले तिजलाई कसरी सामान्य रुपमा मनाउने र संस्कृती संरक्षणको सवालमा कसरी जोड्न सकिन्छ भन्ने हिसावले गितले केही सन्देश दिएको छ, अध्यक्ष केसीले भने- परम्परा देखि नै पश्चिम भेगमा गाउने तिज गितहरुमा चेलीका बेदना पस्कने एउटा महत्वपुर्ण माध्यमको रुपमा लिइएको पर्वमा गाउने गरेका शब्दहरुलाई संकलन गरेर एउटा इतिहासमा अभिलेखीकरण गर्नका लागि भोलीका दिनमा हामीले हाम्रा पुराना भाका खोज्दा देख्न सक्ने गरि महत्वपुर्ण काम भएको भन्दै चर्चा गरे।

कार्यक्रममा साहित्यकार एवं पत्रकार बसन्त विवस आचार्यले तिज गितले ठुलो भाब बोकेको र यसले दुईवटा पुस्ताको द्धण्द्धलाई देखाउन खोजिएको बताए । उनले यस गितले निम्न वर्गमा मान्छेहरु पनि तिज मनाउन र रमाउन सक्छन भन्ने सन्देश दिएको तर्क गरे ।

चलचित्र पत्रकार सघं दाङ शाखाका कोषाध्यक्ष भुपेस वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन ।

Exit mobile version