Site icon Orange Khabar – News Portal

रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै फोर्स गाडी दुर्घटना : २ जनाको मृत्यु

दाङ : रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक फोर्स गाडी  दुर्घटना हुँदा  २ जनाको  मृत्यु भएको छ।   राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएका रूकुम पश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका  २ की ३६ वर्षीया ओमपथ  खत्रीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

 उनका अनुसार तुलसीपुर अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ।  ३ जनाको अवस्था गम्भीर छ।  लु २ ख ५७३१ नम्बरको यात्रुबाहक फोर्स गाडी कपुरकोट गाउँपालिका ३ आगर खोला नजिकै दिउँसो ३ बजेतिर दुर्घटनामा परेको थियो ।

Exit mobile version