२८ भदौ,
डाक्टरमाथि कुटपिट गरेको घटना अहीले साम्जीक संजाल मा बईरल भयको छ ।
डाक्टरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।
हेटौंडा उपमहानथरपालिका–१ सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त बिडारीमाथि आक्रमणको विरोधमा हेटौंडा.–१२ का रमा प्रधान र रमिता प्रधान पक्राउ परेका हुन् ।
उनीहरु उपचारका लागि अस्पताल ल्याइएका राजेश प्रधानका श्रीमती र छोरी हुन् । मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले भने, ‘अहिलेसम्म चिकित्सकहरुले जाहेरी दिएका छैनन्, घटनाको आधारमा राजेश प्रधानका श्रीमती र छोरीलाई पक्राउ गरिएको हो ।’
एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै बुधबार डाक्टरमाथि आक्रमण भएको थियो ।

