तुलसीपुर,२९ भदौ । दाङको तुलसीपुरमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ । शुक्रबार बिहान १० बजेको समयमा तुलसीपुर उपमहानगरपालिका ५ न्यूरोडस्थित रहेको कुलोमा नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त शिशुको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । शिशु कसले र किन फालेको हो भन्ने विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

