सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।
बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको हो । मृतकको पहिचान हुन सकेको छैन । जीप सडकबाट साढे तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

