दाङ
११-असोज/ दाङको घोराहीमा मोटरसाइकल आगजनी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । बुधबार दिउँसो घोराही उपमहानगरपालिका १८ पुष्पाञ्जली टोल बस्ने विराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकल आगजनी गरेको आरोपमा एक जना महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता जनक मल्लले जानकारी दिए ।
पक्राउ पर्नेमा घोराही १० सौडिकुला निवासी ३२ वर्षिय मिना चौधरी रहेकी छिन् । दुई जनाबिच लेनदेनको बिषयमा कुरा नमिलेपछि आगो लगाएको प्रहरीले बताएको छ । मिनाले बिराजलाई नगद रकम कारोबार भएको प्रहरीलाई बयान दिएकी छिन् । तर बीराजले मीनासंग पैसा नलीएको भनेपछि मिनाले रिसको झोकमा उनको मोटरसाइकलमा आगो लगाइदिएकी हुन् ।
आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको छ । साथै प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भैरहेको बताएको छ ।

