तुलसीपुर, १४ असोज ।
तुलसीपुरमा ८ अश्वरा पेट्रोल पप्प नजिक आज दिउँसो सवा २ बजे अटो र टयाक्टर ठोक्कीदा पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी अटोमा सवार दंगिशरण गाँउपािलका वडा नम्बर ६ राजपुरका ४० वर्षिय हेमन्त वली, सोही ठाँउका ७ वर्षको विशाल वली घाइते हुनुभएको छ ।
यस्तै दंगिशरण-६ राजपुरकै ३७ वर्षीया कृष्ण डाँगी, ६० वर्षीया डोटी वली र अटो चालक सोही ठाँउका ४० वर्षीय टोप बहादुर भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जनाकारी दिनुभयो ।
दुर्घटना तुलसीपुर ८ अश्वरा पेट्रोल पप्प नजिक आज दिउँसो सवा २ बजे भएको हो । घाइते सबैको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

