Site icon Orange Khabar – News Portal

अभिनेता प्रकाश घिमिरे भिरबाट लडेर घाइते

काठमाडौं । अभिनेता प्रकाश घिमिरे भिरबाट लडेर घाइते भएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । “लोकप्रिय कलाकार प्रकाश घिमिरे आज बिहान गाईलाई घाँस काट्न गएका बेला आज बिहान भिरबाट लडेर उनी घाइते भएका थिए ।

लडेर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । “प्रकाश दाइको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । अनुप बराल पोखरामै रहेकाले उहाँले हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी गरिरहनु भएको छ,” अभिनेता खगेन्द्र लामिछानेले भने ।

घिमिरेले अभिनय गरेको चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ अहिले देशभरका हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्रमा उनी मितबाको भूमिकामा छन् ।

Exit mobile version