दाङ : तुलसीपुरमा रोयल भमके टि -२० क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । स्वतन्त्र युवा समूह तुलसीपुर १ भमकेको आयोजनामा मदन भण्डारी रङ्गशालमा भमकेमा सञ्चालन हुने प्रतियोगिता यही कार्तिक १९ गते देखि सुरु हुनेछ । कार्तिक २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका झन्डै १२ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक खगेन्द्र नेपालीले जानकारी दिए ।
संयोजक नेपालीका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार ,कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिमले नगद २५ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बाधा तर्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार तथा मेडल, वेस्ट ब्याट्सम्यान वेस्ट बलर लाई क्रमशः जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याच लाई नगद पाँच सय साथमा मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यसैबीच आयोजकले प्रतियोगितामा टिम सहभागिताका लागि जिल्लामा स्थापित क्रिकेट क्लबलाई अनुरोध गरेको छ ।

