Site icon Orange Khabar – News Portal

माघीको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन

दाङ :  राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ जनजागरण युवा क्लबले तुलसीपुर ९ सल्ली वन को फुटबल ग्राउन्डमा माघीको अवसर पारी अन्डर २२ खसी कप फुटबल प्रतियोगिता सञ्चालन गरेको छ । जम्मा ८ वटा टिम सहभागी भएको र खेल नकआउट पद्धति द्वारा खेलाइने आयोजकले जानकारी दिएको छ । कार्यक्रमका बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका  ९ का वडा अध्यक्ष घनश्याम ढकालले  विश्वको सबै भन्दा बढी खेलिने र सबै भन्दा बढि  रुचाइने खेल फुटबल भएकाले सम्पूर्ण फुटबल खेलाडीहरूका लागि सबैले आ–आफ्नो ठाउँ बाट सहयोग गर्न र खेलाडीलाई प्रोत्साहन गर्न समेत आग्रह गरेका थिए ।

साथै खेलाडीहरूको लागि वडा र आफ्नो  व्यक्तिगत तर्फ बाट आफूले सकेको सहयोग समेत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  सो अवसरमा विशिष्ट अतिथि लाइन्स क्लब अफ क्यापिटल दाङका अध्यक्ष दीपक केसीले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै वडा नम्बर ९ का खेलाडीहरू आउँदा दिनहरूमा राष्ट्रियस्तर सम्म पुगेको देख्न पाइयोस् भन्दै खेलाडीहरूलाई आफ्नो नामलाई खेल क्षेत्रबाट राष्ट्रियस्तर सम्म चिनाउन सकुन् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी कार्यक्रममा  सरस्वती माविका विद्यालय व्यवस्थापन अध्यक्ष तिलक डाँगी  सरस्वती टोल विकास संस्थाका अध्यक्ष जीवन केसी, क्लबका सचिव ललित भुसाल लगायतकाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । उक्त उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष खुम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो, भने कार्यक्रमको सञ्चालन शिव परियारले गरेका थिए ।

Exit mobile version