तुलसीपुर, १ फाल्गुन
स्थानीय वस्तुको प्रवर्धन समृद्ध नेपालको निर्माण हाम्रो अभियान भन्ने मूल नाराका साथ तुल्सीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको आज सातौं दिनमा पनि दर्शकहरूले भरिभराउ देखिन्थ्यो। महोत्सवमा आज चर्चित गायक बद्री पंगेनी, गायिका रचना रिमाल, गाईका सम्झना भण्डारी ,प्रशान्त परियार लगायतले आफ्नो प्रस्तुति दिएका बाट दर्शक लाई मनोरन्जन दीयाका थिए ।
साथमा तुल्सीपुर डान्स आइडल लोकदोहोरी प्रतियोगिता स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो।
महोत्सहब माघ २४ गते देखी फाल्गुन ८ गते सम्म संचालन हुने छ ।
