Site icon Orange Khabar – News Portal

दाङमा अज्ञान समूहको गोली प्रहारद्वारा एक प्रहरीको मृत्यु

दाङ, ३ फागुन । दाङमा अज्ञान समूहको गोली प्रहारद्वारा एक प्रहरीको मृत्यु भएको छ ।

दाङ घोराहीको दामोदर चोकमा डिउटीमा खटिएका प्रहरी जवान धनमाया थापाको आज्ञात समूहले गोली प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

विहीबार साँझ साढे ८ बजेतिर पल्सर ‘टु ट्वाईन्टीमा’ आएकाहरुले गोली प्रहार गरेको प्रहरीले बताएको छ । तीन राउन्ड पेस्तोलको गोली चलेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Exit mobile version