Site icon Orange Khabar – News Portal

पत्रकारितामा रुचि थियो समयले कलाकार बनायो : धुर्मुस

दाङ, ५ फागुन । चर्चित हास्य व्यङ्ग्य कलाकार सिताराम कट्टेल धुर्मुसले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो रहेको बताएका हुन । आफू सुरुका दिन पत्रकार बन्ने इच्छाले काठमाडुमा पत्रकारि पढेको र केहि समय पत्रकारिता गरेता पनि कलाकारिता प्रवेश गरेको बताएका हुन । चलचित्र पत्रकार संघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै धुर्मुसले धेरै समय पछि दर्शक माझ आउँदा पनि पत्रकार तथा दर्शकको मायाले उत्साह थपेको बताएका हुन ।

उनले भने, गत केही वर्ष सामाजिक कार्य गर्दा आफ्नो पेसामा फर्कन सकेनौं । कम ब्यक हुँदा पनि दर्शक को साथ र मायाले आफूलाई हाँस्यव्यङ्ग्य क्षेत्रमा झन नयाँ जोस जागर आएको बताएका हुन । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्ष्तामा बोल्दै कट्टेलले भने तुलसीपुर संग फरक खालको भावनात्मक सम्बन्ध छ । विपतको घडीको सारथी बन्दै राज्यलाई सहयोग गर्ने उदेश्यले गरेको सामाजिक काममा व्यस्त हुँदा आफ्नो पेसामा फर्किन पाएनौं, उमेर छँदै केही असल कर्म गरौं भन्ने अभिप्रायले केही बस्ती निर्माण गर्यौ । सामाजिक कार्य गर्दा सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिए । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, कोषाध्यक्ष देव बहादुर केसी, चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य ध्रुवराज न्यौपाने, रिपोर्ट्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, निवर्तमान अध्यक्ष शिव पुन सल्लाहकार दीपक कुमाल लगायतकाे उपस्थिति रहेको थियो । रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण सचिव निराला अर्यालले गरेकि हुन ।

Exit mobile version