Site icon Orange Khabar – News Portal

सञ्चारमाध्यमले सत्यतथ्य समाचारहरू प्रकाशन गर्नुपर्छ : अध्यक्ष बस्नेत

दाङ :  शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सञ्चारमाध्यमले सत्यतथ्य समाचारहरू प्रकाशन गर्नु पर्ने बताए  ।  मंगलबार रिसर्च राप्ती मिडिया प्रालिद्वारा दाङको तुलसीपुरबाट सञ्चालित अनलाइन राप्तीको ५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए । प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा एवं प्रमुख बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उनले  पछिल्लो समय सञ्चार माध्यमले सत्यतथ्य भन्दा पनि व्यक्तिगत इगो राखेर तथ्यहीन समाचारहरू प्रकाशन गर्ने गरेको भन्दै सञ्चार माध्यमको धर्म भनेको  सही समाचारहरु बाहिर ल्याउन आग्रह गरे ।

यस्तै उनले सञ्चार माध्यमले नै  सरकारका हरेक गतिविधिहरूलाई घचघच्याउनु पर्ने समेत बताए । उनले तिन तहका कारणमा हुने विकास र समृद्धिका बारेमा मिडियाहरूले बारम्बार खबरदारी गर्नु पर्ने समेत बताए । उनले देश परिवर्तनका लागि हुने हरेक आन्दोलनमा युवाहरूकोसञ्चार माध्यमको  महत्वपूर्ण समेत बताए । उनले अनलाइन राप्तीको भूमिका पनि विकास र समृद्धिमा जानु पर्ने बताए । यस्तै उनले अनलाइन राप्तीले विशेषगरी दूरदराजका समस्याहरू बाहिर ल्याउन गरेको भन्दै प्रशंसा समेत गरे ।

Exit mobile version