Site icon Orange Khabar – News Portal

राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुदै

देउखुरीकाे राप्ती गाउँपालिकामा शुक्रबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा राप्ती गाउँपालिकाका विभिन्न वडाका महिला तथा पुरुष गरि १६ वटा टिमको सहभागिता रहने छ ।

खेलकुद प्रतियोगिताकाे उद्घाटन गाउँपालिकाकाे वडा नं.३ मसुरीया स्थित श्रीचाैर खेल मैदानमा हुने वडा नं.३ का वडा अध्यक्ष तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयाेजक उमेश अधिकारीले जानकारी दिए खेल फिफाकाे नियम अनुसार खेलाइने बताइएको छ।

पुरुषहरुकाे खेल वडा नं.३ मसुरीया स्थित श्रीचाैर खेल मैदानमा हुने छ भने महिलाहरुकाे खेल वडा नं.२ लालमटिया स्थित टुडिखेल मैदानमा हुने छ। प्रतियोगिताकाे बिजेता महिला तथा पुरुष दुबै टिमले ४० / ४० हजार तथा उप-विजेताले ३०/३० हजार नगद पुरस्कार पाउने संयाेजक अधिकारीले जानकारी दिए ।

शुक्रबार हुने खेलकुद प्रतियोगिताकाे उद्घाटन खेल पुरुष तर्फ वडा नं.२ र ७ बीच हुने भएको छ भने महिला तर्फ वडा नं.५ र ७ बीच हुने बताइएको छ । खेल आगामी २० गते सम्म सञ्चालन हुने बताइएको छ

Exit mobile version