Site icon Orange Khabar – News Portal

एच.आर.मिडिया हाउस र ग्लोबलओरेन्शले गरे खुल्ला रक्तदान कार्यक्रम

आज दाङको तुलसीपुर मा एच.आर.मिडिया हाउस प्रा.लि तुलसीपुर को आयोजना र ग्लोबलओरेन्शको शाखा कार्यालय तुलसीपुरको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

हो खुल्ला रक्तदान कार्यक्रममा प्रमुख अतिथि तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले जीवनको सर्वोत्तम कार्य रक्तदान ले जीवन बचाउन मदत गर्ने बताए ।

मानवताकाे सेवा नै, जीवनकाे सर्वोत्तम कार्य हाे,पुण्य काम को लागि मानवले मानवको जीवन बचाउन सक्नु पर्छ,उनले भने ।

रगत व्यवस्थापनका लागि गाउँपालिकाबाट १ लाख रुपैया बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा युथ अफ तुलसीपुरका सल्लाहकार अरुण लहरेले ब्लड बैंक हरुमा रगत अभाव हुन नदिन युवा साथीहरुले गरेको कार्यको प्रशंसा गरे ।
रगत अभावमा कसैले प्राण त्याग गर्नु हुँदैन,उनले भने,सबै जनाले रगत अभाव हुन नदिन सहयोग गर्नुपर्छ ।

रगतको अभावले विभिन्न प्रकोप, धेरै गर्भवती तथा सुत्केरी महिलाहरुको अकालमा मृत्यु भएको खबर सुनेको हुनाले आफूलाई रगत दान गर्न इच्छा भएको ग्लोबल ओरेन्शकी  अस्मिता चौधरीले बताइन ।

खुल्ला रक्तदानमा ४६ जनाले रगत दान गरेका थिए । जसमा १३ जना महिला र ३३ जना पुरुष रहेका थिए ।

रगत दान गर्नेहरुमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष्य प्रमोद बस्नेत, युवा व्यवसायी अरुण लहरे, दीपक जंग क्षेत्री लगायतका रहेका छन । ग्लोबल ओरेन्सका मनोज चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शान्तराज सेन्चुरीले गरेका थिए ।

Exit mobile version