Site icon Orange Khabar – News Portal

मोटरसाईकल पसल भित्र छिर्दा ३ जना घाइते

१२ चैत
दाङको तुलसीपुर ७ प्रसेनीमा मोटरसाईकल दुर्घटनामा ३ जना घाइते भएका छन। तिब्र गतिमा आएको मोटरसाईकल पसल भित्र छिर्दा दुर्घटनामा परेको हो। सोमबार विहान साढे १० बजेतिर बिजौरी देखी तुलसीपुर तर्फ जादै गरेको रा २ प ७१७३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पसलमा छिरेको हो ।
प्रसेनीमा पसल गर्दै आईरहेका लोक बहादुर हलवाईको पसलमा मोटरसाइकल पसल भित्र छिरेको हो। दुर्घटनामा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। घाइते हुनेमा मोटरसाईकल चालक तुलसीपुर १८ ग्वारखोलाका १९ बर्षीय मनिश विक, मोटरसाईकलमा सवार सोही ठाउँका १७ बर्षीय सुरज महत र पसलका साहुजी ४५ बर्षीय लोकबहादुर हलवाइ रहेका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
Exit mobile version