Site icon Orange Khabar – News Portal

श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थमा फेला

१९ चैत्र, बाँके । खजुरा गाँउपालिका वडा नं. ३ बी गाँउमा श्रीमान् श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन ।

महेन्द्र रावत र गीतासिंह ठकुरीको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा घरमा फेला परेका प्रहरीले जनाएको छ ।

गम्भिर अवस्थामा रहेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धनौलीले उपचारका लागि नेपालगञ्ज स्थित भेरी अस्पताल पठाइएको थियो । जस पश्चात भेरीले दुवै जनालाई नेपालगञ्ज मेडिकल कलेज रिफर गरेको छ ।

घटना रहस्यमय रहेको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी एवं प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।

Exit mobile version