Site icon Orange Khabar – News Portal

कार र मोटरसाइकल एकआपसमा ठोक्किदा ३ जना गम्भीर घाइते

११-वैशाख/ दाङको तुलसीपुरमा कार र मोटरसाइकल एकआपसमा ठोक्किदा पैदलयात्रीसहित ३ जना गम्भीर घाइते भएका छन् ।
मंगलबार दिउँसो सवा २ बजेतिर घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको बा-प्र- ०१०२६ च ४३२२ नम्बरको कार तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ३ प ९८६ नम्बरको मोटरसाइकललाई तुलसीपुर–६ गुल्मचोक नजिकै एकआपसमा ठोक्किदा पैदलयात्रुसहित ३ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिए ।
मल्लका अनुसार घाइते हुनेमा तुलसीपुर–६ का २२ वर्षीय समिर थापा, तुलसीपुर–५ का २० वर्षीय गणेश बुढाथोकी र सोही ठाउँ निवासी पैदलयात्री १८ वर्षीय प्रतिभा वली रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका तिनैजनाको राप्ती प्र्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Exit mobile version