पाँचखाल नगरपालिका वडा नम्बर ४ मेलम्ची जिरोकिलोमा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताए । काभ्रेमा एक युवकको क्रुरतापूर्वक हत्या भएको छ। सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा वनमा एक पुरूषलाई मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको डिएसपी श्रेष्ठले बताए।
करिब २५ वर्षीय युवकको शव करिब २० .२२ दिन अगाडिदेखि नै रहेको हुनसक्ने प्रहरीको भनाइ छ। शव सडिसकेको अवस्थामा छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको जनायको छ ।

