तुलसीपुर २९ वैशाख/ तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचन बिहान ८ बजेदेखि सुरु भएको छ । निर्वाचनमा अहिले ५:३० बजेसम्म २७०० बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।
उबा संघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । उबा संघमा ३४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् । मतदान बेलुका ६ बजेसम्म हुने छ ।
