तुलसीपुर, ४ जेठ ।
दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा१७ जना घाइते भएका छन् । प्रहरीका अनुसार तुलसीपुरबाट काठमाडौंका लागी छुटेको प्र.३–०१–००६ ख ०९७५ नम्बरको बस आज बेलुका ६ बजेको समयमा तुलसीपुर–१८ बेल्झुन्डिमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।
बसमा ३२ जना सवार रहेकोमा अरु भने सकुसल रहेको र घाइतेहरुलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ । बस दुर्घटना हुँदा घाइते भएका १७ जनाको नाम र ठेगाना खुलेको छ ।
घाईतेहरुः–
१. जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.८ बस्ने बर्ष १८ कि अन्जली के.सी.
२. ऐ.१७ बस्ने बर्ष ४० को महेन्द्र बस्नेत,
३. ऐ.१९ बस्ने बर्ष २८ को भिमकान्त महरा,
४. ऐ.८ बस्ने बर्ष २४ को बिन्जन के.सी. ,
५. ऐ.बस्ने बर्ष ४६ को देव बहादुर के.सी.,
६. ऐ.७ बस्ने बर्ष ३७ कि भिम कुमारी बि.क. ,
७. ऐ.५ बस्ने बर्ष ३७ कि सबिना बुढा ,
८.ऐ.२ बस्ने बर्ष १८ कि ममता नेपाली,
९. ऐ.बस्ने बर्ष १८ कि समिक्षा शर्मा,
१०.जिल्ला रोल्पा गंगादेव गा.पा.१ बस्ने बर्ष २२ को यामलाल वली,
११. ऐ.माडी गा.पा.१ बस्ने बर्ष २० को दल बहादुर बि.क. ,
१२. जिल्ला सल्यान बागचौर न.पा.५ बस्ने बर्ष १९ को मोहन के.सी. ,
१३. ऐ.ऐ.बस्ने बर्ष २४ को भरत डाँगी ,१४. ऐ.३ बस्ने बर्ष २९ को सुशिल ढकाल,
१५. ऐ.छत्रेश्वरी गा.पा.२ बस्ने बर्ष २८ को रमेश के.सी. ,
१६. ऐ।१ बस्ने बर्ष ३० को गणेश चन्द ,
१७. जि.दाङ तुलसीपुर उ.म.न.पा.१५ बस्ने बर्ष २० दिपु बस्याल ।
घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उक्त बसका चालक तुलसीपुर उपमहानगरपालिका वडा नं.९ बेलुवा बस्ने बर्ष ३३ को गणेश बस्नेत प्रहरीको नियन्त्रणमा रहेको ।
