Site icon Orange Khabar – News Portal

हावाहुरी सहित आएको पानीले घर भत्कदा एकको मृत्यु

तुलसीपुर, १९ जेठ ।दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एकको  मृत्यु भएको छ ।मृत्यु हुनेमा  तुलसीपर उपमहानगरपालिका वडा नं.१२ रझेनीका  ७० बर्षीय भगवान खत्रीको रहेका छ्न।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार टिनले छाएको एक कोठे घर शनिबार साँझ ८ बजेतिर आएको हावाहुरीले भत्काएको हो । घरमा उनी  श्रीमतिसहित थिए ।
तर, श्रीमति भाग्न सफल भएकाले सकुसल रहेकी छन् । उनको घरको पूर्वतर्फको भाग भत्किएको थियो । उनका एक छोरा र एक छोरी अन्तै बस्दै आएका छन् । पाँच बर्ष अघि उक्त घर बनेको थियो ।

Exit mobile version