Site icon Orange Khabar – News Portal

गर्मीका कारण बन्द भएका तुलसीपुरका विद्यालय भोलि देखि सञ्चालनमा

तुलसीपुर, २० जेठ । गर्मीका कारण बन्द भएका तुलसीपुरका विद्यालयलाई भोलि(सोमबार)देखि सञ्चालनमा ल्याइने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको आईतबार बसेको बैठकले सोमबारदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

अत्याधिक गर्मी बढेपछि उपमहानगरपालिकाले १८ जेठदेखि पाँच दिन बन्द गर्ने निर्णय गरेको भएपछि गर्मी तत्काल घटेकाले सोमबार देखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

Exit mobile version