Site icon Orange Khabar – News Portal

खुकुरी प्रहार गरी श्रीमतीको हत्या ,एक घाईते

तुलसीपुर
२५-जेठ/ दाङको तुलसीपुरमा एक पुरुष को खुकुरी प्रहार बाट एक जना को नीघन भयको छ भने एक जना घाइते भयका छन । 

श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको हो  ।

शुक्रबार बिहान करिब पौने ८ बजेतिर सल्यान कपुरकोट गाउँपालिका ६ घर भई हाल तुलसीपुर ६ डुम्रीगाउ बस्ने २६ बर्षिय सालिकराम बुढाथोकीले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दामु प्रसाद श्रेष्ठका अनुसार अन्दाजी २७/२८ बर्षिय आर्यन थापा र आफ्नो श्रीमती बिच अनैतिक सम्बन्ध भएको थाहा पाए पछि खुकुरी प्रहार गरेका हुन् ।



खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमती टीका रावल बुढाथोकीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । साथै आर्यन थापालाई पनि सालिकरामले खुकुरी प्रहार गरेर घाइते बनाएका छन् । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।
सालिक राम नेपाल आर्मी ज्वाला दल गणका सहायक अमल्दार हुन् । उनी यसअघि मिसनमा गएर घर फर्कोएको  प्रहरीले जनाएको छ ।
 सालिकराम र टीका बिच दुई आघी छुटापत्र भएपछी हाल आर्यन संग विवाह गर्ने सहमति भएपछी उनीहरु संगै बस्दै आएको  आर्यनले बताएका छन् ।
आर्यन १९ नम्बर बाहिनीमा कार्यरत सिपाही हुन् ।
घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version