Site icon Orange Khabar – News Portal

मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितीको पद हस्तान्तरण

दाङ २६ जेठ । दाङको तुल्सीपुरमा आज एक कार्यक्रमको आयोजना गरी तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायी समितिले पद हस्तान्तरण तथा बधाई कार्यक्रम गरेको छ। दुई महिनाअघि कैलालीको टिकापुरमा सम्पन्न अधिवेशनबाट थुमन विश्वकर्मा सितलको अध्यक्षतामा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको हो।


समितिको का: उपाध्यक्षमा ज्योतिप्रसाद दाहाल उपाध्यक्ष पंकज कसोधन र यादव ओली रहेका छन्। महासचिवमा नवीन ओली, सहसचिवमा प्रदिप घिमिरे कोषाध्यक्षमा रामबहादुर बस्नेत सदस्यहरुमा नबीन पौडेल, रमेश होली चुडामणि शर्मा र रामबहादुर ओली रहेका छन्। त्यस्तै सल्लाहकारमा बिमल कुमार पौडेल मोहन सुनार र सुरज भण्डारी रहेका छन्।

मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समिति तुलसीपुरका निवर्तमान अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलको प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथि उद्योग वाणिज्य सङ्घ तुलसीपुरका अध्यक्ष बिनल केसी रहनु भयको थीयो। कार्यक्रम मा अतीथीहरु मा व्यवसायी किशोर ओली, बिमल पौडेल मोहन स्वर्णकार रहेका ,सैलेन्द्र ओली,दीपेश भन्डारी लगाएत को सहभागी रहेको थीयो।
कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले तुलसीपुरमा मोबाइल चोरीका घटनाहरु धेरै रहेको बताउनुभयो। उहाँले व्यवसायीलाई चोरीका मोबाइल बिक्री गर्न पसलमा ल्याएको शंका लागेमा प्रहरीलाई खबर गर्न समेत अनुरोध गर्नुभएको थियो।

विशिष्ट अतिथि उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनील केसीले विकसित देशमा व्यवसाय पढेर व्यवसायमा लाग्ने गरेका बताउनुभयो तर नेपालमा व्यवसाय गरेर अध्ययन गर्ने प्रवृत्ति रहेको हुँदा व्यवसाय सञ्चालनमा समस्या आउने गरेको बताउनुभयो । व्यवसायीहरुले व्यवसायीहरुको लागि लेखा र कर प्रणालीमा समस्या रहेको बताउनुभयो ।समस्या समाधान गर्नका लागि विभिन्न वस्तुगत समितिलाई आवश्यकताका आधारमा तालिम दिने तयारी भएको जानकारी गराउनुभयो।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिपेश भण्डारी मोबाइल डिलर एसोसिएसन दाङका सदस्य शैलेन्द्र कुमार ओली व्यवसायी किशोर कुमार ओली बिमल कुमार पौडेल मोहन सुनार लगायतले निर्वाचित पदाधिकारीलाई बधाई दिँदै मोबाइल व्यवसायको हक हितमा काम गर्न सुझाव समेत दिएका थिए।

कार्यकारी उपाध्यक्ष थुमन विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव शुसान्त सापकोटाले गरेका थिए ।

Exit mobile version