Site icon Orange Khabar – News Portal

दाङका एक युवक करिब एक हप्तादेखि कुवेतबाट सम्पर्क विहीन

 दाङ :   दाङका एक युवक करिब एक हप्तादेखि कुवेतबाट सम्पर्क विहीन भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी  रनियापुरका २२ वर्षीय बसन्त वली यही असार १५ गतेदेखि  घरपरिवारसँग सम्पर्क विहीन भएका छन् । उनले  जुन २९ तारिख ( असार १५ ) गते बिहान करिब ११ बजे  घरमा आमालाई फोन गरेर म घर आउँदैछु,, भोलि अर्थात असार १६ गते आइपुग्ने बताएका थिए । त्यसपछि उनी अहिलेसम्मै सम्पर्क विहीन भएको हुँदा घरपरिवार चिन्तित भएका छन् । यस्तै घरपरिवारले कुवेतमा रहेका नेपाल दाजुभाइलाई कतै भेटिएमा खबर गरिदिन समेत आग्रह गरेका छन् । 

 

बुबा पुर्ण बहदुर वली आमा गीता वली  ९८१४३७२९७१  सरद पार्धे  ९८४७८३९७८

Exit mobile version