Site icon Orange Khabar – News Portal

एचआर मिडिया हाउस द्वारा बिरामीलाई फलफूल बितरण

भदौ, तुलसीपुर –तुलसीपुरबाट सञ्चालन भई रहेको इगल खबरको प्रथम वार्षिकोत्सवको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । बिहीबार एचआर मिडिया हाउसकी अध्यक्ष निमा रानाको अध्यक्षतामा राप्ती प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । अस्पतालको इमरजेन्सी वार्ड, सर्जिकल, एनआईसियु, प्रसुति वार्डका बिरामीहरुलाई फलफुल वितरण गरिएको थियो ।

पत्रकार विकास डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले मिडियाहरुले नै सामाजिक कार्यमा अग्रसर हुने हो भने सामाजिक रुपान्तरणमा जोड पुग्ने बताउनु भएको थियो । उक्त अवसरमा दाङ बक्सिङ संघका कोषाध्यक्ष तथा तुलसीपुर ग्रिल व्यवसायी संघका उपाध्यक्ष दिपक केसी, नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर प्रशासन शाखाका थानबहादुर केसीलगायतकाले बोल्नु भएको थियो ।

उक्त कार्यक्रमको सहजीकरण गणेश भण्डारीले गर्नु भएको थियो । इगल खबरको प्रथम वार्षिकोत्सवको औपचारिक कार्यक्रम भदौ ७ गते मेट्रो होटल दोघरेमा गर्ने इगल खबरका सञ्चालक एचआर मगरले जानकारी दिनुभयो ।

Exit mobile version