Site icon Orange Khabar – News Portal

बलात्कार आरोपमा फरार बिक खुकुरीसहित पक्राउ

दाङ, २३ असोज । इलाका प्रहरी कार्यालय तुलसीपुरले बलात्कार आरोपमा फारर रहेका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –५ निवासी २३ वर्षका अर्जुन बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन ।

आरोपी बिकलाई तुलसीपुर –६ बगरपुरबाट खुकुरी सहित पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका बिक माथि होटलमा युवती लगेर जबरजस्ती बलात्कार गरेको आरोप लागेको छ ।
Exit mobile version