Site icon Orange Khabar – News Portal

पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालत लगिँदै

कात्तिक ४ पोखरा


काठमाडौं बाट पक्राउ गरेर शुक्रबार साँझ पोखरा लगिएका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत लगिने भएको छ ।

सहकारीको रकम अपचलन गरेको अभियोगमा अनुसन्धानका निम्ति पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत लगिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले यो जानकारी दिनुभएको हो।

सहकारीको रकम अपचलन गरेको अभियोगमा अनुसन्धानका निम्ति पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागिएको बताइएको छ।उ

शनिबार साँझ काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई राति नै प्रहरीले पोखरा पुर्याएको थियो।

पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

हिजो शनिबार सार्वजनिक बिदा परेका कारण लामिछानेलाई आज अदालतमा उपस्थित गराउन लागिएको प्रहरीले बताएको हो।

 

Exit mobile version