Site icon Orange Khabar – News Portal

महासचिव विप्लव दाङ आउँदै

कार्तिक ६,दाङ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी दाङ आउने भएका छन् ।
नेकपा दाङको आयोजनामा हुने सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न विप्लव दाङ आउन लागेका दाङ जिल्ला इन्चार्ज सविन सिले बताएका हुन् ।


नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले कार्तिक ८ गते राप्ती गाउँपालिका देउखुरी दाङको सभाहलमा आयोजना गरिएको `सङ्कटग्रस्त नेपालले खोजिरहेको निकास ,नयाँ नीति र नेतृत्व ´का विषयमा सर्वपक्षीय भेटघाट/अन्तरक्रिया कार्यक्रमका लागि पार्टीका महासचिव दाङ आउन लाग्नुभएको बताए।

नेता सविनका अनुसार सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने भएकाले उपस्थितिका लागि सबै महानुभावहरुमा हार्दिक निमन्त्रणा गरिसकेको बताए ।

यस्तै नेकपा दाङका सचिव तिलक सीले पार्टीका महासचिव विप्लव सहभागी हुने कार्यक्रमको महत्वपूर्ण सुझाव सहितको सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।

Exit mobile version