Site icon Orange Khabar – News Portal

आज गायक क्रिश क्षेत्री र मोडल सुरक्षा मगर दाङ आउदै !

कात्तिक २७, दाङ
तुलसीपुर उपमहानगरपालिका वडा नं.३ सातबास कात्तिक २७ गते हरिबोधनी एकादसिको दिन लाग्ने पौराणिक धार्मिक मेलामा गायक क्रिश क्षेत्री र मोडल सुरक्षा मगर दाङ आउन लागेका छन् ।

नवज्योति संस्कृति युवा क्लब तुलसीपुर ३ कल्लेको २२ औं वार्षिकोत्सबको अवसमा आयोजनामा गरिएको हरिबोधनी एकादशीको दिन लाग्ने पौराणिक धार्मिक मेलामा आज चर्चित लोकदोहोरी गायक क्रिश क्षेत्री र मोडल सुरक्षा मगर आउन लागेका हुन्।

परम्परागत रुपमा चल्दै आइरहेको पौरानिक धार्मिक मेलालाई बचाइ राख्न आफुहरुले बिगत देखि सांस्कृतिक कार्यक्रमलाई पनि जोड दिदै आइरहेको क्लबका अध्यक्ष धनराज रोकाले जानकारी दिनु भएको हो ।

आफुहरुले क्लबको २२ औं वार्षिकोत्सब अवसरमा २५ र २६ गते खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिसकेको र आज सांस्कृतिक कार्यक्रम रहेको समेत अध्यक्ष रोकाले बताए ।

Exit mobile version