Site icon Orange Khabar – News Portal

नक्कली नोट सहित तुलसीपुरबाट चार जना पक्राउ

कात्तिक ३० दाङ,
दाङको तुलसीपुरबाट नक्कली नोट कारोबार गर्दै गरेका चारजना लाई प्रहरीले नियन्त्रण गरेको छ।

बिहिवार साझ ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा र वडा नं.५ बसपार्क पिपल बोट देखी हजारका नक्कली नोट अबैध रुपमा कारोबार गर्दै गरेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नक्कली नोट कारोबार भैरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक विनोद राज खत्रीको कमाण्डमा गएका ७ जना प्रहरी टोलीले रु.१००० का १२ वटा नोट (१२ हजार ) सहित चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय तुलसीपुर प्रहरी निरीक्षक तथा सूचना प्रमुख प्रकाश थापाले जानकारी दिनुभएको हो।

गिरफ्तार हुनेमा दाङ तुलसीपुर उ.म.न.पा. १० राइसल्यान  बस्ने ३० बर्षका राम मनी चौधरी , तुलसीपुर ८ बस्ने बर्ष १७ का सुमन वि.क. , तुलसीपुर ९ दोघरे  बस्ने बर्ष १९ का धन बहादुर खत्री र शान्तिनगर गा.पा.४  घर भई हाल तुलसिपुर ९ बेलुवा बस्ने बर्ष १७ का शिसिर वि.क. रहेका छन् ।

Exit mobile version