Site icon Orange Khabar – News Portal

गुरु जजुर मा.वि रक्षाचौरमा मुटु रोग सम्बन्धि निःशुल्क स्वास्थ शिविर।

के.बि वली

पुष २ दाङ

तुलसीपुर उपमहानगरपालिका वडा नं.४ रक्षाचौरमा रहेको गुरु जजुर नमुना माध्यमिक बिध्यालयमा मुटु रोग सम्बन्धि निसुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न गरिएको छ।

त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज, काठमाण्डौको आयोजना र गुरु जजुर नमुना माध्यमिक बिध्यालय तुलसीपुरको समन्वयमा मुटु रोग सम्बन्धि नि:सुल्क स्वास्थ शिविर कार्यक्रम गरिएको हो।

पछिल्लो समय स्थानीय स्तरमा बढ्दै गहिरहेको बाल मुटु रोगको पहिचान र त्यसको न्यूनीकरण गर्ने उद्देश्यले त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज, काठमाण्डौका प्रमुख डा. चन्द्रमणि पौडेल सहितको टिमले आज मावि गुरु जजुरमा निःशुल्क स्वास्थ शिविर गरेको थियो ।

यस्तै मावि गुरु जजुरका सहायक प्रधानाध्यापक प्रमोद कुमार न्युपानेले नेपालकै एउटा प्रमुख स्वास्थ समस्या बाल मुटु रोगको पहिचान र त्यसको  न्यूनीकरणको लागी एउटा संस्थाले विद्यालयमै आइ स्वास्थ शिविर गर्दा स्थानीय स्तरमै मुटु रोगको पहिचान र त्यसको न्यूनीकरण तर्फ महत्त्व पुर्ण भुमिका रहेको बताउदै आयोजक संस्थालाई सिंगो विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको हो।

यस्तै उहाले आगामी दिन हरुमा पनि यस्ता स्वास्थ शिविर कार्यक्रम संचालन गर्ने तर्फ विद्यालय सधै सकारात्मक रहेको समेत बताउनु भएको हो।

आज गरिएको उक्त स्वास्थ शिविर बाट ६ बर्ष देखी १८ बर्ष सम्मका करिब ३०० भन्दा बढी बालबालिका हरुले निःशुल्क मुटुको निःशुल्क स्वास्थ्य परिक्षण गरेका हुन् ।

Exit mobile version