Site icon Orange Khabar – News Portal

दंगीशरण महोत्सवमा नायक पल शाहा आउँदै

दाङ, ८ माघ । प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव मा भोली  माघ ९ गते  नेपाली सिनेमा का नायक पल शाहा दाङ आउने भएका छन्  ।

स्थानिय स्तरमा पर्यटन प्रबन्धन संगै कला संस्कृतिलाई जगेर्ना गर्ने मुल उद्देश्यले आयोजना गगरीएको १५ दिनसम्म चल्ने उक्त महोत्सवमा भोली  माघ ९ गते सुपर स्टार नायक पहल शाह  दाङ आउन लागेको महोत्सवका संयोजक अजय बुढाथोकीले जानकारी दिएका हुन् । ९ गते को कार्यक्रम मा शाहा संगै चर्चीत संगीतका तथा गायक  गोबीन्द मधुर आचार्य ,गायक नबीन वली , एच आर मगर ,आर जे  रासकोटी , नीशा गीरी ,जुना गीरी,ममता थापा लगायत  स्थानीय कलाकार हरु को प्रस्तुती रहने आयोजकले बताएको छ ।

 

१५ दिन्न सम्म चल्ने उक्त महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त कलाकार हरुले आफ्नो बेजोड प्रस्तुति दिँदै आइरहेका छन् । भने चर्खे पिङ, बाल उधान, डुङ्गा ,स्थानिय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरु सहितको स्टलहरु रहेका र मेलामा प्रबेश शुल्क १०० एक सय रुपैयाँ लाग्ने , मुलआयोजक समितिले बताएको छ ।

यस्तै स्थानीय स्तरमा संचालन हुन लागेको प्रथम महोत्सव सफल पार्न सवै जनाले आ – आफ्नो ठाउँबाट सहयोग पुर्याइदिन महोत्सव मुल अयोजक समितीले सवैमा  आग्रह गरेकोछ ।

Exit mobile version