Site icon Orange Khabar – News Portal

होली पर्वमा इच्छा विपरित रङ दल्ने तथा लोला हान्नेलाई कडा कारबाही गर्ने

दाङ :  जिल्ला प्रशासन कार्यालय दाङले इच्छा विपरित रङ दल्ने तथा लोला हान्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले  पछिल्ला वर्षहरूमा होली पर्व मनाउने नाममा अनावश्यक तडकभडक सहितका विभिन्न खर्चिला भड्किला कार्यक्रमहरू गर्ने, सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा गर्ने, सामाजिक जनजीवनमा असर पुग्नेगरि इच्छा विपरित रङ दल्ने, लोला हान्ने, पानीका फोहरा फाल्ने लगायतका गतिविधि गर्ने गरेको गुनासाहरू आएकाले उक्त कार्य नगर्न आग्रह गरिएको छ ।

हिन्दुहरूको महान तथा ऐतिहासिक महत्व बोकेको होली पर्वलाई सामाजिक सदभाव र भाइचारा कायम गर्दै न्यायपूर्ण सुसंस्कृत रुपमा मनाउन आग्रह गरिएको छ । यदि प्रशासनको सूचनालाई उलङ्घन गरेको पाइएमा सामाजिक व्यवहार सुधार ऐन तथा नियमावली २०३३ अनुसार कारबाही गरिने दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले जानकारी दिए ।

Exit mobile version