Site icon Orange Khabar – News Portal

नवजात बालिकाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला

तुलसीपुर, बैशाख १७ / दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित बेलन्या डाँडा नर्सरीमा मङ्गलवार साँझ एक नवजात शिशुको शव फेला परेको छ। स्थानीयवासीले घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट टोली खटिएको थियो।

प्रहरीका अनुसार शव मृत अवस्थामा करिब साँझ ५:१५ बजे भेटिएको हो। प्रारम्भिक अनुसन्धानबाट उक्त शिशु करिब ९ महिना पुरा भई जन्मिएको बालिका रहेको खुलेको छ। शव २/३ दिनअघि खाल्डोमा गाडिएको र त्यसपछि जनावरले निकालिएको अनुमान गरिएको छ।

प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान सम्पन्न गरी साँझ ७:५० बजे शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाएको जानकारी दिएको छ।

यस विषयमा थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

Exit mobile version