दाङ : दाङको तुलसीपुरमा कुलोमा खसेर बालिकाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका १४, गोठुवाकी दुई वर्षीया सुष्मा बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताएका छन ।
सोमबार साँझ आँगनमै खेल्ने क्रममा उनी नजिकैको कुलोमा खसेकी थिइन्। गम्भीर घाइते भएकी बस्नेतको उपचारका क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा राती मृत्यु भएको ।
