Site icon Orange Khabar – News Portal

‘कबड्डी ५’को छायांकन मुस्ताङमा दशैं लगत्तै सुरु हुने

काठमाडौं । चर्चित फिल्म फ्रेन्चाइजी ‘कबड्डी’को पाँचौ श्रृंखलाको छायांकन दशैं लगत्तै सुरु हुने भएको छ ।

निर्माता तथा निर्देशक रामबाबु गुरुङले अनलाइनखबरलाई यसबारे जानकारी दिए । उनका अनुसार दयाहाङ राई, मिरुना मगरसहितका शीर्ष कलाकारले निरन्तरता पाउनेछन् ।

केही कलाकार हेरफेर हुनसक्ने उनले बताए । ‘शीर्ष कलाकार दोहोरिनेछन् भने बाँकी केही कलाकार हेरफेर हुनसक्छन्’ गुरुङले भने ।

अभिनेता विजय बरालले पनि दशैं टीकाको भोलिपल्टदेखि नै आफूहरू छायांकन थलोमा जाने तयारी भैरहेको बताए । ‘टीकाको भोलिपल्टै हामी मुस्ताङतिर हिँड्ने कुरा छ’ उनले भने, ‘तिहार पछिसम्मै हामी उतै सुटिङमा ब्यस्त हुनेछौं ।’

Exit mobile version