Site icon Orange Khabar – News Portal

कुलमान घिसिङको अग्रसरतामा उज्यालो नेपाल पार्टी, आयोगमा बुझायो ५१ सदस्यीय सूची

काठमाडौं : कुलमान घिसिङको अग्रसरतामा उज्यालो नेपाल पार्टीले केन्द्रीय सदस्यसहितको सूची निर्वाचन आयोगमा बुझाएको छ। उज्यालो नेपाल पार्टीले बुधबार अनुपकुमार उपाध्याय अध्यक्ष रहने गरी ५१ सदस्यीय सूची आयोगमा बुझाएको हो। बुझाइएको सूचीमा कुलमान घिसिङको नाम भने समेटिएको छैन। स्रोतका अनुसार अन्तरिम सरकारका मन्त्रीसमेत रहेका घिसिङको अग्रसरतामा पार्टी खुले पनि उनी कार्यकारीमा भूमिका देखिने छैनन्।

घिसिङको पार्टीमा प्रा.डा. महेन्द्र सुन्दर लावती, युवा अभियन्ता सागर ढकाल, अभिनेत्री रीमा विश्वकर्मासमेत आबद्ध भएका छन्। त्यस्तै घिसिङको पार्टीमा डा. तारा प्रसाद जोशी, डा. घनश्याम पाण्डे, डा. शंकर ढकाल, डा. तेजनारायण यादव, मन्त्री बन्न रोकिएकी टासी ल्हान्जोम, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङलगायत रहेका छन्।

Exit mobile version